वासलात भनेकाे के हाे?

 कुनै निकायकाे सम्पत्ति, दायित्व, पुँजी, खर्च तथा वचत लगायत समग्र आर्थिक अवस्थाकाे वस्तुपरक जानकारी दिन तयार गरिने वित्तीय विवरणलाई वासलात भनिन्छ । यो प्रत्येक अार्थिक वर्षको अन्त्यमा नाफा नोक्सान खाता तयार बनाएपछि बनाइने एक कानुनी मान्यताप्राप्त वित्तिय विवरण हो । यो व्यवसाय वा संस्थाको कार्य प्रगति विवरण पनि हो । यसबाट सम्बन्धित निकायकाे कार्यसम्पादन मूल्याङ्कन गर्न सकिन्छ । यसले सेयरधनी लगानीकर्ता, प्रबन्धकर्ता, साहु, कर्मचारी, कर्मचारी ट्रेड युनियन, सरकार तथा अन्य सरोकारवाला तथा सम्बद्ध सवै पक्ष लाई आवश्यक पर्ने सूचना प्रदान गर्छ ।

वासलात काे नमुना
वासलातकाे नमुना

कर लगाउने प्रयोजनका लागि वासलात (Balance Sheet) एक महत्वपुर्ण दस्तावेज हो, त्यसैले कर कार्यालयको कर अधिकृतको नजर सर्वप्रथम व्यवसायको वासलातमा पर्ने गर्छ । आर्थिक वर्षको अन्तिम दिन तयार गरिने यस विवरणको दायाँतर्फ सम्पत्ति र बायाँतर्फ दायित्व देखाउनुपर्छ । यी दुई पक्ष बराबर हुन्छन् । यो खाता नभई, आर्थिक स्थितिको विवरणपत्र भएकाले यसमा डेबिट र क्रेडिट पक्ष हुँदैनन् ।

वासलात तयार गर्नुकाे उद्देश्य

  • सम्बन्धित निकायकाे सम्पत्तिको स्थिति, प्रकृति र अवस्थाको अवगत गराउनु,
  • सम्बन्धित निकायकाे दायित्वको अवस्था प्रस्ट खुलाउनु,
  • व्यवसाय वा संस्थाको पुँजी, लगानी, नाफा नोक्सानको यथार्थ अवस्था देखाउनु,
  • सम्बन्धित निकायकाे तरलताको जाँच गर्नु,
  • व्यवसाय वा संस्थाको भविष्य मूल्याङ्कनका लागि आधार प्रदान गर्नु,
  • साहु तथा आसामीको स्थिति जानकारी गराउनु,
  • व्यवसाय वा संस्था खारेज, बिक्री वा निरन्तरताका लागि आवश्यक पर्ने सूचना उपलब्ध गराउनु,
  • सम्बन्धित निकायमा लगानीसम्बन्धी निर्णय गर्न सहयोग गर्नु,

कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft  | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर । 
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np










Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment