लोकसेवाको परीक्षा तयारी गर्नेहरुले वुझ्नै पर्ने ।।


समसामयिक घटनाहरुको विषयवस्तुहरुको वर्गीकरण लोक सेवाले यसरी गरेको छ। समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ । 

१. राष्ट्रिय महत्त्वको विषय
– सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप– न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
– राष्ट्रिय योजना आयोग
– विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
– क्षेत्रीय तथा स्थानीय गतिविधि
– चर्चित व्यक्तित्व
२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
– नेपाल र विश्व तथा नेपालको विदेश नीति
– संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
– विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
– सार्क गतिविधि
– अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि

३. आर्थिक महत्त्वको विषय
– राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
– मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
– व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
– विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
– अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि

४. सामाजिक महत्त्वको विषय
– श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
– खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
– वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।

५. विज्ञान तथा प्रविधि
– सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
– विभिन्न अन्वेषण तथा आविष्कार
– स्वास्थ्य र पोषण, कृषि तथा उद्योग

६. पर्यावरणीय महत्त्वको विषय
– प्राकृतिक संरचना र विपद् व्यवस्थापन
– वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
– पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तराष्टिय कानुन, सम्मेलन तथा सम्झौता आदि

७. खेलकुद
– प्रमुख खेल आयोजना, पुरस्कार

८. विविध
– शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
– प्रमुख दिवस र वर्ष, महोत्सव
– प्रमुख अभियान, शिक्षा-संस्कृति , दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment