‎खरिदार‬ परीक्षा २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केही प्रश्न तथा उत्तर


  • हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ?  -  लमजुङ
  • ग्रामी अवार्ड के सग सम्बन्धित छ ?  -  संगित
  • नेपालको अन्तरिम संबिधान २०६३ मा राज्यको पुनर्संरचना सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?  -  धारा १३८
  • बोधि चित्त कुन जिल्लामा पर्दछ ?   -   काभ्रेपलान्चोक
  • एअर बस कुन देशको कम्पनी हो ?   -   फ्रान्स
  •  २०७० को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ?   -   शिव रेग्मि
  • चमेलिया जलविद्युत कहाँ पर्दछ ?   -   दार्चुला
  • ह्याल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ?   -   सिन्धुपाल्चोक
  • जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कती वटा छन ?   -   १२३ वटा
  • हाल नेपालको शहरी जनसंख्या कती रहेको छ ?   -   १७.०७ %
  • जोडामिलाउनुहोस् :
  1.  प्रथम किराँती राजा - यलम्बर 
  2.  प्रथम मल्ल राजा – अरी मल्ल
  3.  प्रथम गोपालवंशी राजा – भुक्तमान
  • नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ?   -   मृत सागर
  • पैगम्बर महोम्मद जन्म कहिले भएको थियो ?   -   सन् ५७०
  • पारशनाथ भनेर केलाई चिनिन्छ ?   -   पशुपतिनाथ
  • चिन र भारतलाई नछुने जिल्ला कती वटा छन ?   -   ३६ जिल्ला
  • Universal Receiver भनेर कुन ब्लड ग्रुपलाई चिनिन्छ ?   -   AB +
  • नेपालको प्रमुख अन्न बालि कुन हो ?   -   धान
  • विभाग नभएको मात्रालय कुन हो ?   -   शान्ति तथा पुनर्निर्माण मन्त्रालय
  • स्थानीय निकाय भनेर केलाई चिनिन्छ ?   -   गाविस, नपा र जिविस
  • दिएका मध्ये UNO को विशिष्टिकृत कुन संस्था होइन ?   -   ADB (दिइएका मध्ये)
  • ILO को प्रधान कहाँ रहेको छ ?   -   जेनेभा (स्वीजरल्याण्ड)
  • कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन हो ?   -   निरंकुशता
  • दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ?   -   आठौं योजना
  • नेपालमा निजामतीसेवा दिवस कहिले मनाइन्छ ?   -   भदौ २२ गते 
  • नेपालमा जनमतसंग्रह कहिले सम्पन्न भएको थियो ?   -   २०३७ वैशाख २० गते 
  • नेपालको लामो पक्की पुल कुन जिल्लामा रहेको छ ?   -   बर्दिया
  • संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन पद हो ?   -   सुचना आयुक्त (सूचना आयुक्त, निर्वाचन आयुक्त, लोकसेवा सदस्य, लोकसेवा अध्यक्ष दिएको मध्ये )
  • सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत कहिले गरिएको हो ?   -   सन १९७९
  • एक गाउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ?   -   जापान

    यस्मा केहि प्रश्न तथा उत्तरहरु छुटेका छन । तपाईहरुसँग छन् भने उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौ ।।                                                        


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment