नेपाल भित्रकै बिभिन्न बिषयको सामान्य ज्ञान !!

v  वैङ्क खातामा पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?  Bounced cheque
v  वीर बलभद्र कुँवरको नेपाल-अङ्ग्रेज वीच भएको कहाँको युद्धमा वीरतापूर्वक लडी राष्ट्रभक्तिको परिचय दिएका थिए ?  नालापानीको युद्ध
v  आयकर नियमावली, २०५९ को पाँचौ संशोधन कहिले भएको हो ?  वि .सं. २०७२ असार २९
v  भन्सार नियमावली, २०६४ को छैटौं संशोधन कहिले भएको हो ?  वि .सं. २०७२ असार २९
v  सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?  यज्ञराज शर्मा
v  नदीको किनार भए जस्तै समुद्रको के हुन्छ ?  तट
v  नेपालमा मात्र सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता कुन हो ?  हात्तीपोलो
v  गैँडाको खागबाट निर्मित पितृलाई तर्पण दिँदा प्रयोग गरिने भाँडोलाई के भनिन्छ ?  खगौतो
v  रुपसे झरना म्याग्दी जिल्लामा पर्द भने सुलिगढ झरना कहाँ पर्छ ?  डोल्पा
v  नेपालको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो भने सबभन्दा सानो मुर्ति कुन हो ?  पाटनको विश्वरुपको मुर्ति
v  परादित्य गढी महोत्तरी जिल्लामा पर्दछ भने दुगुनागढी कहाँ पर्दछ ?  सिन्धुपाल्चोक
v  वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?  डा. चिरञ्जीवी नेपाल

v  तेर्हौ योजना को अबधिमा वार्षिक औषत आर्धिक बृद्दी दर कति हासिल लक्ष्य राखिएको
v  ?  ६ %
v  तेर्हौ योजनाको अबधिमा कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य
v  राखिएको छ ?  4.5 %
v  तेर्हौ योजनाको अबधिमा गैर कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य
v  राखिएको छ ?  6.7 %
v  तेर्हौ योजना को अबधिमा गरीबको रेखा मुनी रहेको जन संख्या कतिमा झार्ने लक्ष्य राखिएको
v  ?  18 %
v  सन २०२२ सम्ममा नेपालमा बाघहरुको संख्या कति पुर्याउने लक्ष्य रहेको छ?  250
v  ससस्त्र प्रहरी महानिरीक्षकमा दुर्ज बहादुर राई (का.मु) 2072-09-04 मा नियुक्त भएका छन ।
v  बिदेशमा सम्पर्क कार्यालय खोल्ने नेपालको पहिलो बैंक कुन हो ?  हिमालयन बैंक
v  आर्थिक वर्ष २०७१\७२ मा नेपालको कल बस्तु व्यापार घाटा कति रहेको छ ?  रु.६ खर्व ८९ अर्व ३७ करोड
v  आन्तरिक राजस्व विभागले चालु आ.व २०७२ \७३ देखि करदाता शिक्षा कार्यालयलाई निजी
v  क्षेत्रको सहभागितामा कुन कुन जिल्लामा नमुनाका रुपमा सञ्चालन गर्ने भएको छ ?  कैलाली ,बाँके , रुपन्देही, दाङ र काभ्रे
v  राष्ट्रिय युवापरिषद् ऐन २०७२ कहिले जारी भएको हो ?  वि.सं २०७२ साउन २७
v  निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका
v  लागि आवेदन दिन नहुने व्यस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?  वि.सं २०७२\\२९ मा भएको चौथों संशोधनले
v  राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ?  वि.सं २०७२ साउन २५
v  त्रिमूर्ति निकेतनद्धारा पुरस्कृत हुने ( वि.स २०७२ मा ) नारी स्रष्टा को हुन् ?  रजनी ढकाल,शान्तिमाया गिरी,तर्कना शर्मा रअम्बिका अर्याल
v  राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलाडी को को हुन् ?  विमला तामाङ( कराँते ) , सोमपाल कामी ( क्रिकेट ) , दिवस श्रेष्ठ ( बक्सिङ ) , ज्ञानी चुनारा ( तेक्वान्दो ) , विनिता बुढाथोकी ( भलिबल ) , विक्रमबहादुर रानामगर, केशरी चौधरी,प्रमिला चौधरी,सुनिल चौधरी ( एथ्लेटिक्स )

v  लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिक तर्फका राजप्रत्र अनंकित प्रथम र द्वतिय श्रेणी पदका लागि प्रवेश परिक्षा को व्यवस्था गरेको छ ?   आ.व २०७२\७३
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment