जनगणना सम्बन्धि केहि प्रश्न-उत्तरहरु....
- नेपालमा हालसम्म कतिवटा राष्ट्रिय जनगणना सम्पन्न भैसकेको छ ? उत्तरः- ११
- नेपालमा जनगणना गर्ने कार्यको औपचारिक प्रारम्भ कैले भएको थियो ? उत्तरः- १९६८
- जनगणनाको लगत प्रशोधनको लागि पहिलो पटक कम्प्युटर IBM - १४०१ कति साल को कति औ जनगणना बाट प्रयोग गरिएको थियो ? उत्तरः- २०२८ – सातौ
- एक सताब्दीको जनगणना भनेर नेपालको कति औ र कुन सालको जनगणना लै बुझिन्छ ? उत्तरः- ११ औ, २०६८
- जनगणना २०६८ प्रयोजनको लागि समग्रमा करिब कति टन कागज प्रयोग भएको अनुमान छ ? उत्तरः- २५० टन
- जनगणना २०६८ मा लगत प्रशोधनको लागि US Census Bureau बाट विकास गरिएको कुन सफ्टवेयर प्रयोग भएको थियो ? उत्तरः- CsPro
- जनगणना २०६८ बमोजिम नेपालको कुल जनसंख्या कति छ ? उत्तरः- २,६४,९४,५०४
- जनगणना २०६८ बमोजिम नेपालमा पुरुषको जनसंख्या कति र कति प्रतिसत छ ? उत्तरः- १,२८,४९,०४१ जना ४८.५० प्रतिसत
- जनगणना २०६८ बमोजिम नेपालमा महिलाको जनसंख्या कति र कति प्रतिसत छ ? उत्तरः- १,३६,४५,४६३ जना ५१.५० प्रतिसत
- जनगणना २०६८ बमोजिम नेपालमा महिला र पुरुष बिचको लैंगिक अनुपात कति छ ? उत्तरः- ९४.१६ प्रतिसत
- जनगणना २०६८ बमोजिम नेपालमा जनसंख्या बृद्दि दर कति छ ? उत्तरः- १.३५ प्रतिसत
- जनगणना २०६८ बमोजिम जनघनत्व प्रति वर्ग कि.मि. कति छ ? उत्तरः- १८० जना
- जनगणना २०६८ बमोजिम सबै भन्दा बढी कति जनघनत्व प्रति वर्ग कि.मि. कुन जिल्ला मा रहेको छ ? उत्तरः- ४४१६ जना, काठमाडौँ जिल्ला
- जनगणना २०६८ बमोजिम सबै भन्दा कम कति जनघनत्व प्रति वर्ग कि.मि. कुन जिल्ला मा रहेको छ ? उत्तरः- ३ जना, मनाङ् जिल्ला
- जनगणना २०६८ बमोजिम नेपालमा कुल परिवारहरुको संख्या कति रहेको छ ? उत्तरः- ५४,२७,३०२
- जनगणना २०६८ बमोजिम नेपालमा हाल प्रति परिवार औसत सदस्य संख्या कति रहेको छ ? उत्तरः- ४.८८ जना अथवा ५ जना (मान्छे दशमलवमा हुदैन )
- जनगणना २०६८ बमोजिम परिवार औसत आकार सबै भन्दा बढी भएको जिल्ला कुन हो र औसत सदस्य संख्या कति रहेको छ ? उत्तरः- रौतहट, ६.४४ जना
- जनगणना २०६८ बमोजिम परिवार औसत आकार सबै भन्दा कम भएको जिल्ला कुन हो र औसत सदस्य संख्या कति रहेको छ ? उत्तरः- कास्की, ३.९२ जना
- जनगणना २०६८ बमोजिम पचास वर्ष को उमेर पार गरिसकेपछी पहिलो विवाह हुनेहरुको कति जना रहेको देखिन्छ ? उत्तरः- ५०८६ जना
- जनगणना २०६८ बमोजिम सबै भन्दा कम जनसंख्या भएको जिल्ला मनाङ्ग को जनसंख्या कति रहेको छ ? उत्तरः- ६५३८ जना
७ वटा महादेशहरु
पृथ्वीमा निम्न ७ वटा महादेशहरु रहेका छन्।
- एसिया महादेश
- अफ्रिका महादेश
- उत्तर अमेरीका महादेश
- दक्षिण अमेरीका महादेश
- यूरोप महादेश
- अष्ट्रेलिया महादेश
- अन्ट्रार्कटिका महादेश
एसिया महादेश (Asia Continent)
विश्वका विभिन्न महादेशहरु मध्येको सबैभन्दा ठुलो महादेश एसिया महादेश हो । यस महादेशको अधिकाशं भाग उत्तरी गोलाद्धमा पर्दछ ,१० डिग्री दक्षिणि अक्षांश देखि ७८ डिग्रि अक्षाशं र २५ डिग्री पुर्वी देशान्तर देखि १८० डिग्री देशान्तर पार गरि १७० डिग्री पश्चिम सम्म यो महादेश फैलियको छ । यस महादेशको क्षेत्रफल ४३,९९,९०० वर्ग कि.मि.रहेको छ । विश्वको करिब ५४ प्रतिशत मानिसहरुको बसोबस रहेको यस महादेशले विश्वको कुल भु-भागको करिब ३० प्रतिशत भु- भाग ओगटेको छ । यस महादेशमा विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा विश्व कै गहिरो ताल वैकाल विश्वकै ठुलो ताल क्यास्पियन सागर र विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो पर्दछ । यस महादेशलाई विसमताको महादेशको उपनामले समेत चिनिन्छ ।
अफ्रिका महादेश
यो महादेश एसिया पछिको सबैभन्दा ठुलो र विश्वको दोस्रो ठुलो महादेश हो । यो महादेशलाई भूमध्ये रेखाले ठिक बिच बाट काटेकोले यो महादेश उत्तर र दक्षिण गोलाद्धमा बराबर रुपमा फैलियको छ । यस महादेशको सरदर क्षेत्रफल २,९७,८५,००० बर्ग कि.मि. रहेको छ। यो महादेशका एटलस र डैकन्सवर्ग प्रमुख पर्वत हुन भने किलिमान्जरो सर्वोच्च शिखर एवम् ज्वालामुखि पर्वत हो । विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा (६८,००,००० बर्ग कि.मि.) यसै महादेशमा पर्दछ । यस महादेशमा प्राय विश्वका सवै प्राचिनतम् एवम् नबिनतम संस्कृति पाईन्छ । विश्वको सबैभन्दा लामो नदि नाइल ठुलो हिरा खानि किम्वर खान ,स्वर्ण उत्पादक नगर जोहान्सवर्ग यसै महादेशमा पर्दछ ।
उत्तर अमेरीका महादेश
यो विश्वको तस्रो ठुलो महादेश हो । उत्तर तिर फुकेको र दक्षिणतिर साघुरीयको यो महादेश पुरै उत्तरी गोलाद्धमा पर्दछ । यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएका हुन्,त्यसैले यस महादेशलाई नँया संसारको उपनामले समेत चिनिन्छ । विश्वको सबैभन्दा ताजा पानिको ताल सुपेरीयर ,सबैभन्दा ठुलो गुम्वज एस्टेडोम आदि पनि यसै महादेशमा पर्दछ । यो महादेश १० डिग्री उतरी अक्षाश देखि ८० डिग्री उतरी अक्षाश सम्म र २० डिग्री पश्चिमी देशान्तर देखि १६० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ । विश्वको सबैभन्दा ठुलो नेशनल पार्क बुड बफेली नेशनल पार्क (क्यानडा) यसै महादेशमा पर्दछ । यस महादेशमा पाईने शितोष्ण घासे मैदान प्रेयस यस महादेश को अनुपम उपहारको रुपमा लिइन्छ ।
दक्षिण अमेरीका
यो महादेश विश्वको चौथो ठुलो महादेश हो । यो महादेश १२ डिग्री उत्तरी अक्षाशदेखि ५६ डिग्री दक्षिणी अक्षाश सम्म ,३६ डिग्री पश्चिमि देशान्तर देखि ८० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ । यस महादेशको क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि. रहेको छ । पानामा नहरले उत्तर र दक्षिण अमेरीका को सिमाना लाई छट्याउने काम गरेको छ । विश्वको सबैभन्दा ठुलो पवर्तमाला एण्डिज पवर्तमाला यसै महादेशमा पर्दछ ।दक्षिण अमेरीकी महादेशमै रहेको अमेजन नदिलाई विश्वकै सबैभन्दा ठुलो नदिको रुपमा लिईन्छ । विश्वको सबैभन्दा उचाइमा रहेको राजधानि लापान (बोलिभिया) यसै महादेशमा पर्दछ । दक्षिण अमेरीकाको अर्जेन्टिना सम्म फैलिएको घासे मैदान पेम्पाज यसै महादेशमा पर्दछ ।
यूरोप महादेश
यो महादेश विश्वको छैठौ ठुलो महादेश हो । यो महादेश पूरै उतरी गोलाद्धमा पर्दछ । महादेश ३९ डिग्री उतरी गोलाद्ध देखी ७१डिग्री उतरी अक्षाशं सम्म र ८६ डिग्री पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तर सम्म फै्रलियको छ । यस महादेशको क्षेत्रफल १०४९८०० वर्ग कि.मि रहेको छ । यस महादेशलाइ भित्रि समुन्द्रले घेरीयको महादेश समेत भनिन्छ । समुन्दी किनार छिया छिया भएकोले यस महादेशलाइ लामे समुन्द्रि किनार भएको महादेश तथा प्रायद्धिपको प्रायद्धिप भनेर पनि चिन्ने गरीन्छ । यस महादेहको सबैभन्दा सर्वोच्च शिखर एव्रल्ज(५६३३ मि.) रहेको छ । यो महादेशको प्रसिद्ध नदि डेन्वयूव नदि हो जुन ७ भन्दा बढि देश भएर बग्ने गरेको छ । यस महादेशको यूक्रेन देशलाई bread basket of the world पनि भनिन्छ ।
अष्ट्रेलिया महादेश
यो विश्वको सबैभन्दा सानो महादेश हो । यो महादेशको क्षेत्रफल ७६६८८० वर्ग कि.मि मात्र रहेको छ । यो महादेश नै एउटा देश रहेको छ ,यो महादेश विभिन्न टापू हरु मिलेर वनेको छ । यो महादेश को अधिकाशं भू भाग दक्षिणी गोलाद्धमा रहेको छ । यो महादेशको उत्तर पूर्व तर्फ समुन्द्री भागमा २०० कि.मि लामो मुगा को ढिस्का रहेको छ। जुन समुन्द्री कीराहरुका हाड बाट बनेको पत्ता लागेको छ । यस महादेश लाई विचित्रताको महादेशको उपनामले समेत चिनिने गरिन्छ ।
0 comments:
Post a Comment