सरकारको नीति तथा कार्यक्रम २०७३ !!!



 सार्वजनिक: बि.सं. २०७३~१~२६
 कति बूँदे : १३८ बुँदे


केही प्राथमिकताहरू:


  • सन २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइने ।
  • आगामी मंसिर भित्र स्थानीय निर्वाचन गर्ने ।
  •  भुकम्प प्रभावित जिल्लामा १ घर १ रोजगार कार्यक्रम ल्याउने ।
  •  आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क तुल्याउँदै लगिने छ ।
  •  सामुदायिक र निजी विद्यालयहरू बीच शैक्षिक गुणस्तरको अन्तर घटाइने छ ।
  •  प्रारम्भिक बालशिक्षालाई विद्यालय शिक्षाको संरचनाभित्र आबद्ध गरी बालशिक्षा शिक्षकको व्यवस्था गरिने छ ।
  •  विद्यालय शिक्षामा समतामूलक सहभागिताका लागि प्रोत्साहनमूलक कार्यक्रमहरूलाई लक्षित वर्गमा केन्द्रित गरिने छ ।
  •  विद्यालय र क्याम्पसहरूमा इन्टरनेट सेवाको बिस्तार गरिने छ ।
  •  प्रमाण पत्रको आधारमा ऋण उपलब्ध गरिने ।
  •  भुकम्पबाट क्षतिग्रस्त संरचना आगामी ५ बर्ष भित्र पुनर्निर्माण गरिने ।
  •  विश्वकै बुद्धको अग्लो मुर्ती स्थापना गरिने ।
  •  स्वयम् सेविकाको खर्चमा वृद्धि गरिने ।
  •  गाविस र नपाको अनुदान रकम बढाउने ।
  •  गोरखापत्रको क्षेत्रिय प्रकाशन पूर्वमा बिराटनगर र पश्चिममा कोहलपुर बाट प्रकाशन सुरू गरिने ।
  •  प्रत्येक नागरिकलाइ आधारभुत स्वस्थ्य सेवा निःसुल्क गरिने ।
  •  पुर्वाधार विकास बैंक स्थापना गरेर ठुला आयोजना अघि बढाउने ।
  •  काठमाडौ निजगढ द्रुत मार्गको सरकारको लगानिमा निर्माण प्रारम्भ गरिनेछ ।
  •  सडक र रेलमार्गका लागि ७ वर्षे आयोजना ल्याइने ।
  •  काठमाडौका सबै सडक १ वर्ष भित्र कालो पत्रे गरिने ।
  •  देशका सबै गाविस आगामी २ वर्ष भित्र सडक सञ्जालले जोडिने ।
  •  नेपालमा हुने तेह्रौ साग खेलका लागि विशेष तयारी गरिने
  •  युवा दल स्थापना गरि युवाहरुलाइ देश निर्माणमा लगाइने ।
  •  नेपालले विस्वका भूपरिवेष्टित रास्ट्रहरुका हक अधिकारको लागि लड्ने ।





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment